NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

बर्जर पेन्ट्स नेपालद्वारा ‘बर्जर फेस्टिभ राइड’का विजेता घोषणा

काठमाडौं । बर्जर पेन्टस् नेपालले ‘बर्जर फेस्टिभ राइड’का विजेताहरुको घोषणा गरेको छ । विगत २ दशकदेखि सजावटी पेन्ट उत्पादनमा अग्रणी स्थानमा रहँदै आएको बर्जर पेन्ट्सको बर्जर फेस्टिभ राईड ग्राहक योजनाअन्तर्गत बम्पर पुरस्कार यामाहाको एफजेड २५ को विजेता अर्जुन भट्ट भएका छन् ।

२०७८ सालको दशैं तिहारको अवसरमा संचालन गरिएको यस योजनाअन्तर्गत ग्राहकहरुले चयन गरिएका बर्जर पेन्ट्का उत्पादनहरु खरीद गर्दा १०० वर्ग फिट सिल्क इलुजन डिजाइनर्स फिनिस स्योर सट उपहार प्राप्त गरेका थिए । त्यसका साथसाथै भाग्यशाली गोला प्रथा र डिजिटल प्रतियोगितामा सहभागी भई अन्य आकर्षक उपहारहरु जित्ने अवसर पनि दिइएको थियो ।

योजनामा सहभागी ग्राहकहरुमध्येबाट ५४ जना विजेताको घोषणा प्रत्यक्ष लक्की ड्र बाट गरिएको थियो । जसमा बम्पर पुरस्कार यामाहा एफजेड-२५ को विजेता हुनेमा नारायणघाटका अर्जुन भट्ट रहेका छन् त्यसै गरी प्रथम पुरस्कार यामाहा फसिनो १२५ एफआई जनकपुरका भरत शाहीले पाएका छन । दोस्रो पुरस्कार सामसुङ एस २१ मोबाइल धनगढीका भिष्म ओझा र शिव भण्डारीले प्राप्त गरे, लक्की ड्र मार्फत् ५० जना विजेताहरुले तेस्रो पुरस्कार अन्तर्गत सामसुङ्ग एम ०२ एस मोबाइल जितेका थिए ।

डिजिटल कन्टेस्ट अन्तर्गत प्रथम पुरस्कार १ लाख रुपैयाँ केदार बजगाईले जितेका छन् भने दोस्रो पुरस्कार अन्तर्गत दुई जनाले ५० हजार प्रति, तेस्रो पुरस्कारमा ५ जनाले ५ हजार प्रति र २० जनाले १० हजार रुपैयाँ प्रति सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । त्यसैगरी सुरेस दाहालले पब्लिक च्वाइस अवार्ड अन्र्तगत २५ हजार प्राप्त गरेका छन् ।

बर्जर पेन्ट्स नेपालमा सर्वोत्कृष्ट गुणस्तरको पेन्टहरुका लागि परिचित छ । हाल कम्पनीको भित्री पेन्टहरुमा प्रिमियम लग्जरी फिनिस युक्त सिल्क ब्रेथ इजि, सिल्क ग्ल्यामर, इजि क्लिन फ्रेस, इजि क्लिन जस्ता उत्पादनहरु छन् भने बाहिरी पेन्टको हकमा पियु र नानो सिलिकन प्रविधिमा आधारीत १० वर्ष वारेन्टी युक्त वेदर कोट लङ्ग लाइफ, सबै मौसम अनुकुल ७ वर्ष वारेन्टी युक्त वेदर कोट अल गार्ड, भित्र र बाहिर दुवै सतहमा लगाउन मिल्ने वेदर कोट च्याम्पका साथैसिल्क इलुसन्स सील–ओ–प्राइम जस्त नविनतम् उत्पादनहरु ब्जारमा उपलब्ध छन् । साथै कम्पनीले स्वचालित मसिनहरु प्रयोग गरी एक्सपी पेन्टिङ्ग सर्भिस मार्फत छिटो, छरितो र सुरक्षित पेन्टिङ्गग सेवा दिंदै आइरहेको जनाएको छ ।

कम्पनीका अनुसार बर्जर पेन्ट्सले सदैव आफ्ना उपभोक्ताहरुको आवश्यकता प्रति प्रतिबद्धता दर्शाएको छ र आफ्ना उपभोक्ताको सन्तुष्टिको स्तरलाई पूरा गर्न उच्च स्तरका वातावरण मैत्री बाहिरी तथा भित्री पेन्टस्उपलब्ध गराउनका लागि कटिबद्ध भएर लागी पर्दै आएको छ ।

नेपालमा ग्रीन पेन्टको अवधारणा पहिलो पटक बर्जर पेन्ट्सले नै ल्याएको हो । अहिले पनि आफ्ना उत्पादनहरुमा कुनै किसिमका लेड, मर्करी तथा क्रोमियम जस्ता हानिकारिक तत्वहरु नमिसाएको कम्पनीले जानकारी दिएको छ ।