‘गाई’ माग्दै सर्वोच्च पुगे कमल थापा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा चुनाव चिह्न गाई माग्दै सर्वोच्च अदालत पुगेका छन् ।
थापाले निर्वाचन आयोगलाई विपक्षी बनाएर गाई चुनाव चिन्ह माग गर्दै बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
रिटको सुनुवाइ शुक्रबार हुने बताइएको छ ।
राप्रपासँग एकीकरण हुनुअघि राप्रपा नेपालको चुनाव चिह्न गाई थियो । गत स्थानीय तह निर्वाचनका लागि भने निर्वाचन आयोगले राप्रपा नेपाललाई तीर चुनाव चिह्न उपलब्ध गराएको थियो । यद्यपि, सो पार्टीले भने गाई माग्दै आएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया