गठबन्धनको बैठकमा प्रधानमन्त्रीले भने, ‘गभर्नरले राजीनामा दिनुपर्छ’

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी विवादमा तानिएका छन् ।
प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले एम अधिकारी, खोटाङको नाममा उनको नाम अर्थ तथा योजना विभागको सदस्यमा राखेपछि उनी विवादमा परेका हुन् ।
गभर्नर अधिकारीको राजीनामा माग गर्दै सरकारकै एक घटक नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताले प्रदर्शन गरिरहेका छन् । उनीविरुद्ध सर्वोच्च अदालतमा उजुरी नै परेको छ ।
यसैबीच, शुक्रबार बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठकमा यो विषय उठान भएको छ ।
त्यसको जवाफ दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नर महाप्रसाद अधिकारीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएको उनको सचिवालय स्रोतले जनाएको छ ।
ताजा अपडेट
-
ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा
-
अरनिको राजमार्ग बिस्तार : धुलिखेल–साँगा सडकखण्डमा काम रोकियो
-
विश्वकै ठुलो शालिग्राम शिला एक महिनादेखि डुबानमा
-
यसवर्ष करिब ६० हजार जना डेंगुबाट सङ्क्रमित हुने अनुमान
-
टाटाको ७.७ डिल्स लाइक नेभर विफोर कार्यक्रम, भाग्यशाली विजेतालाई आइफोन १६ उपहार
प्रतिक्रिया