गठबन्धनको बैठकमा प्रधानमन्त्रीले भने, ‘गभर्नरले राजीनामा दिनुपर्छ’
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी विवादमा तानिएका छन् ।
प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले एम अधिकारी, खोटाङको नाममा उनको नाम अर्थ तथा योजना विभागको सदस्यमा राखेपछि उनी विवादमा परेका हुन् ।
गभर्नर अधिकारीको राजीनामा माग गर्दै सरकारकै एक घटक नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताले प्रदर्शन गरिरहेका छन् । उनीविरुद्ध सर्वोच्च अदालतमा उजुरी नै परेको छ ।
यसैबीच, शुक्रबार बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठकमा यो विषय उठान भएको छ ।
त्यसको जवाफ दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नर महाप्रसाद अधिकारीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएको उनको सचिवालय स्रोतले जनाएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया