बालुवाटारमा विद्यार्थी र प्रहरीबीच झडप, केही घाइते
काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै राष्ट्र बैंकको कार्यलय बालुवाटारमा विरोध प्रदर्शन गर्न पुगेका नेविसंघ र अखिल क्रान्तिकारीमाथि प्रहरीले बल प्रयोग गरेको छ ।
प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले बल प्रयोग गर्दा केही प्रदर्शनकारी घाइते भएको अखिल क्रान्तिकारीले जनाएको छ ।
दुई पक्षबीच झडप हुँदा राष्ट्र बैंक वरपरको सुरक्षा व्यवस्था अहिले कडा पारिएको छ । गभर्नर अधिकारी एमालेकाे केन्द्रीय विभागमा रहेकाले नाैतिकताकाे आधारमा उनले पदबाट राजीनामा दिनुपर्ने भन्दै सत्तापक्षका नेविसंघ र अखिल त्रान्तिकारीले आन्दोलन घोषणा गरेका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया