अप्राज्ञिक व्यक्तिहरूको घेराबन्दीबाट त्रि.वि. बचाऔं : अनेरास्ववियु
काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले विकृति र विसंगतीबाट त्रिभुवन विश्वविद्यालय बचाउन माग राख्दै परिक्षा नियन्त्रण कार्यलय बल्खुलाई पत्राचार गरेको छ ।
अध्यक्ष सुनिता बरालसहितको टोलीले सोमबार त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई १० बुँदे मागपत्र बुझाउँदै परीक्षा प्रणाली सुधार गर्न माग गरेको हो ।
पत्रमा माफिया र दलालहरू रंगमञ्च बन्दै गएको, विश्वविद्यालयलाई विघटन गरी निजीलाई पोस्न निजी स्वार्थको सुँड घुसाउने सुलसुले हात्तिबाट विश्वविद्यालयलाई बचाउनु आजको आवश्यक भएको पत्रमा उल्लेख छ ।
त्रि.वि. परिक्षा नियन्त्रण कार्यलय बल्खु पनि दलाल, माफिया र अप्राज्ञिक व्यक्तिहरूको घेराबन्दीमा पर्दै गएको माग पत्रमा उल्लेख छ । यी सबै षड्यन्त्रको जालोलाई तोड्दै विश्वविद्यालयलाई विश्वासनीय र गुरणस्तरीय सेवा प्रदान गर्न अनेरास्ववियुले १० बुँदे माग राखेका छन् ।

ताजा अपडेट
-
तातोपानी नाका तीन दिनका लागि खुला
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण


प्रतिक्रिया