श्रीलंका संकट : पेट्रोलका लागि १० दिनसम्म लाइनमा

कोलम्बो । श्रीलंकामा गाडीमा पेट्रोल लिन घण्टौंसम्म लाइन लाग्ने चलन बनिसकेको छ । देश गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको र आयात गर्ने क्षमता कमजोर भएका कारण पनि इन्धनको संकट भएको हो ।
आर्थिक गतिविधिको केन्द्र राजधानी कोलम्बोमा पेट्रोल भर्नेहरुको लाइन ६ किलोमिटरभन्दा लामो छ ।
४३ वर्षीय एक मिनिबस चालकले पेट्रोलका लागि १० दिनदेखि लाइनमा बसेको बताएका छन् । उनी भन्छन्, ‘गत बिहीबारदेखि म मेरो गाडीमा सुतिरहेको छु । धेरै गाह्रो छ, तर के गर्ने, मलाई पुरै ट्यांकी भरिने तेल पनि पाउँदिनँ ।’
महँगी बढेपछि श्रीलंकाका जनता पनि दुखमा परेका छन्, मुलुकमा मुद्रास्फीति ५० प्रतिशत पुगेको छ । श्रीलंकामा आर्थिक मात्रै होइन, राजनीतिक संकट पनि छ, राष्ट्रपति गोटाबाया राजपाक्षेले देश छोडेर भाग्नुपर्यो ।
पर्यटन उद्योग नराम्ररी प्रभावित भएकाले कोरोना महामारीका कारण देशको यस्तो अवस्था भएको धेरैको विश्वास छ । तर धेरै विज्ञहरू यसका लागि कर कटौती र रासायनिक मलमा प्रतिबन्ध लगाउने सरकारको आर्थिक नीतिहरू जिम्मेवार रहेको विश्वास गर्छन् ।
श्रीलंकासँग अहिले विदेशी मुद्राको निकै कमी छ र उनीहरूले आयात, तेल, औषधि र खाद्यान्नको आवश्यकता पूरा गर्नुपर्छ । बस चालक गुनाले आफू पनि विद्रोहको हिस्सा भएको भन्दै प्रधानमन्त्रीको सरकारी निवासमा पसेको बताए । उनले आफू त्यहाँ पसेर उनीहरुको जीवनशैली हेर्दा अचम्मित भएको बताए ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री डा राणा र जापानी विदेशमन्त्रीबीच भेट
-
नक्कली प्रमाणपत्र पेस गरेर जागिर खाएको आरोपमा मुद्दा
-
युनाइटेड सिमेन्ट्सकाे नि:शुल्क सिलाई-कटाई प्रशिक्षण कार्यक्रम सम्पन्न
-
‘बजेटमा साधारण खर्च घटाइ विकास खर्च बढाउनुपर्छ’
-
पतञ्जली जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन अख्तियार पठाइने
प्रतिक्रिया