जोनसन नेतृत्वको सरकारले विश्वासको मत पायो
काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोनसनको सरकारले विश्वासको मत पाएको छ ।
जोनसनकै कन्जरभेटिभ पार्टीका सदस्यहरूले मन्त्रीहरूको समर्थनमा मतदान गरेपछि उनको सरकारले विश्वासको मत पाएको हो ।
चुनाव गराउन नसकेपछि विपक्षी लेबर पार्टीले जोनसनलाई राजीनामा दिन आह्वान गर्दै आएको थियो ।
सेप्टेम्बरको सुरुमा कन्जरभेटिभ पार्टीको चुनाव हुँदैछ । आफ्नो उत्तराधिकारी चयन नगरेसम्म आफू प्रधानमन्त्री रहने जोनसनले बताउँदै आएका छन् ।
जोनसनले पार्टीको संसदीय दलको नेताबाट राजीनामा दिइसकेका छन् । यसर्थ, उनी कामचलाउमात्र छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया