जोनसन नेतृत्वको सरकारले विश्वासको मत पायो

काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोनसनको सरकारले विश्वासको मत पाएको छ ।
जोनसनकै कन्जरभेटिभ पार्टीका सदस्यहरूले मन्त्रीहरूको समर्थनमा मतदान गरेपछि उनको सरकारले विश्वासको मत पाएको हो ।
चुनाव गराउन नसकेपछि विपक्षी लेबर पार्टीले जोनसनलाई राजीनामा दिन आह्वान गर्दै आएको थियो ।
सेप्टेम्बरको सुरुमा कन्जरभेटिभ पार्टीको चुनाव हुँदैछ । आफ्नो उत्तराधिकारी चयन नगरेसम्म आफू प्रधानमन्त्री रहने जोनसनले बताउँदै आएका छन् ।
जोनसनले पार्टीको संसदीय दलको नेताबाट राजीनामा दिइसकेका छन् । यसर्थ, उनी कामचलाउमात्र छन् ।
प्रतिक्रिया