NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

गभर्नरलाई तत्काल बर्खास्त गर्न माग राख्दै सत्तारूढ विद्यार्थी संगठनले ल्याए संघर्षका कार्यक्रम

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीलाई तत्काल बर्खास्त गर्न सत्तारूढ कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी निकट विद्यार्थी संगठनले सरकारसँग आग्रह गरेका छन् ।

मंगलबार पाँच बुँदे संघर्षका कार्यक्रम सार्वजनिक गर्दै उनीहरूले राष्ट्र बैंक ऐन, २०५८ को बर्खिलाप हुने गरी अधिकारीले काम गरेको आरोप लगाउँदै बर्खास्त गर्न सरकारसँग आग्रह गरेका हुन् ।

‘सेयर कारोबार, क्रीप्टो करेन्सी जस्ता विभिन्न विवादमा मुछिएका उनी प्रतिपक्ष दलको सदस्यता लिएर मुलुकको अर्थतन्त्र ध्वस्त पार्न सक्रिय रहेको अहिले प्रमाणित भएको छ । यस्ता अनैतिक व्यक्तिबाट राजिनामाको अपेक्षा गर्नु मुर्खता हुनेछ । त्यसकारण नेपाल सरकार समक्ष अवैध गभर्नर वर्खास्तीको जोडदार माग गर्दै संयुक्त विद्यार्थी संगठन निम्न संघर्षका कार्यक्रमको घोषणा गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ ।

यस्ता छन् संयुक्त विद्यार्थी संगठनले जारी गरेका संघर्षका कार्यक्रमहरू

२०७९ साउन ३

संयुक्त प्रेस विज्ञप्ति

आदरणीय जनसमुदाय एवं न्यायप्रेमी विद्यार्थी मित्रहरू,

नेपालको विद्यार्थी आन्दोलन राष्ट्रियताको रक्षा, राजनीतिक एवं शैक्षिक अधिकारको प्राप्ति सँगै राज्यसंयन्त्रका हरेक बेथिती, बिसंगती र भ्रष्टाचारको विरुद्ध संघर्षमा सदा अग्रमोर्चामा रहेको छ । हालै मात्र मुलुकको मौद्रिक नीति निर्माण र वित्तीय संस्थाहरुको नेतृत्वदायी संस्था नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, प्रमुख प्रतिपक्षी दलको अर्थ तथा योजना विभागको सदस्यको जिम्मेवारीमा रहेको कुराले आम नेपाली जनताको ध्यानाकर्षण भएको छ भने हामी विद्यार्थी संगठनहरु पहिलो दिनदेखि नै दलिय सदस्य अवैध गभर्नरको राजीनामा माग गर्दै आन्दोलनमा छौँ । महाप्रसाद अधिकारी उर्फ एम. अधिकारीले नेपाल राष्ट्र बैंक ऐन २०५८ को बर्खिलाप गभर्नरको जिम्मेवारीमा रहिरहेर कानुनी राज्यको धज्जी उडाएका छन् । सेयर कारोबार, क्रीप्टो करेन्सी जस्ता विभिन्न विवादमा मुछिएका उनी प्रतिपक्ष दलको सदस्यता लिएर मुलुकको अर्थतन्त्र ध्वस्त पार्न सक्रिय रहेको अहिले प्रमाणित भएको छ । यस्ता अनैतिक व्यक्तिबाट राजिनामाको अपेक्षा गर्नु मुर्खता हुनेछ त्यसकारण नेपाल सरकार समक्ष अवैध गभर्नर वर्खास्तीको जोडदार माग गर्दै संयुक्त विद्यार्थी संगठन निम्न संघर्षका कार्यक्रमको घोषणा गर्दछौं ।

१. श्रावन ३ गते अवैध गभर्नर बर्खास्तीको माग गर्दै सम्माननीय प्रधानमन्त्री ज्यु र प्रतिनिधि सभाका सम्माननीय सभामुख ज्यू लाई ज्ञापनपत्र बुझाउने ।

२. श्रावण ४ गते नेपाल राष्ट्र बैंक केन्द्रिय कार्यालयमा सहित देशैभरीका कार्यालयहरुमा कालो ब्यानर राख्ने ।

३. श्रावण ५ गते प्रज्ञा भवन डबलीमा कार्टुन प्रदर्सन तथा अन्तरक्रिया कार्यक्रम गर्ने ।

४. श्रावण ६ गते देशैभरी क्याम्पसहरुमा आफ्नो सापेक्षतामा विरोध कार्यक्रम गर्ने ।

५. श्रावण ७ गते संघीय संसद सदस्यहरुलाई अवैध गभर्नर बर्खास्तीको माग गर्ने आवाज संसदमा उठाउन अनुरोध गर्दै प्रदर्शनी मार्ग अगाडी सडकबाट संदेश पठाउने ।

डुजाङ शेर्पा , अध्यक्ष, ने.वि.संघ

पञ्चा सिंह,  अध्यक्ष, अखिल (क्रान्तिकारी)

सुदेश पराजुली , अध्यक्ष ,अनेरास्ववियू