प्रतिनिधिसभाबाट सम्झौता अनुमोदन
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘ग्लोबल ग्रिन ग्रोथ इस्टिच्यूट’ को सहभागितामूलक सदस्यका रूपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्नेसम्बन्धी सम्झौतालाई अनुमोदन गरेको छ ।
वन तथा वातावरणमन्त्री प्रदीप यादवले प्रस्तुत गरेको सो प्रस्तावमाथि छलफलपछि सर्वसहमतिले पारित भएको हो । त्यसअघि मन्त्री यादवले सांसदहरूले उठाएको जिज्ञासाको जवाफमा सम्झौता कार्यान्वयनपछि वन तथा वातावरणको क्षेत्रमा थप अन्तर्राष्ट्रिय लगानी भित्रिने विश्वास व्यक्त गरेका थिए ।
प्रतिनिधिसभाको अर्को बैठक यही साउन ५ गते बिहीबार १ बजे बस्नेगरी स्थगित भएको छ ।
ताजा अपडेट
-
तातोपानी नाका तीन दिनका लागि खुला
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण


प्रतिक्रिया