आमाबाबु नपाल्नेलाई अब सजाय, छिमेकीले पनि उजुरी दिनसक्ने
काठमाडौं । ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को (पहिलो संशोधन) विधेयक २०७६ सर्वसम्मतिले पास भएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले गरेको प्रस्ताव सर्वसम्मत रूपमा पास भएको हो ।
विधेयकले ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहार वा आपराधिक घटनामा छिमेकीले पनि उजुरी दिन पाउने व्यवस्था गरेको छ । ज्येष्ठ नागरिकका धेरै विषय यसअघिको ऐनमा छुटेका कारण यसपटक संशोधन प्रक्रियामा रहेको विधेयकमा ती विषय समेटिएको मन्त्रालयकी ज्येष्ठ नागरिक शाखा प्रमुख सविता अर्यालले जानकारी दिइन् । उनका अनुसार यसअघि बनेको ऐन २०६३ मा ज्येष्ठ नागरिकका मौलिक हकसमेत छुटेका थिए ।
कांग्रेस सांसद मीनबहादुर विश्वकर्माका अनुसार, बाबुआमा नपाल्ने छोराछोरीलाई सजाय हुने प्रावधान पनि समेटिएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया