इजरायलको रोजगारी पुनः सुरु
काठमाडौं । श्रम विवादले ६ महिना रोकिएको इजरायलको रोजगारी पुनः सुरु भएको छ । कूटनीतिक पहलपछि इजरायलको रोजगारीका लागि पहिलो चरणमा सय जना युवाको भिसा र उडान तालिका सार्वजनिक भएको छ ।
इजरायलका परराष्ट्र मन्त्रालयसम्बद्ध ट्रेड युनियनले आन्दोलनका कार्यक्रम कायम नै राखेर नेपाली श्रमिकको हकमा प्रवेश सहजीकरण गर्ने भएपछि रोकिएका युवा इजयारल जाने प्रक्रिया सुरु भएको हो ।
वैदेशिक रोजगार विभागका निर्देशक श्रीचन्द्र साहले साउन ८ र ९ गते सय नेपालीको उडान हुने गरी भिसा र उडान तालिका सार्वजनिक भएको जानकारी दिए ।
नेपाल र इजरायल सरकारबीच भएको श्रम सम्झौताबमोजिम इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहयोगी कामदारको रूपमा कार्य गर्न छनोट भएका १ हजार १७५ जना कामदारमध्ये करार सम्झौता सम्पन्न भई २९७ जना कामदार भने यसअघि नै इजरायल प्रस्थान गरिसकेका छन् । आजको कारोबार दैनिकमा खबर छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया