NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

इजरायलको रोजगारी पुनः सुरु

काठमाडौं । श्रम विवादले ६ महिना रोकिएको इजरायलको रोजगारी पुनः सुरु भएको छ । कूटनीतिक पहलपछि इजरायलको रोजगारीका लागि पहिलो चरणमा सय जना युवाको भिसा र उडान तालिका सार्वजनिक भएको छ ।

इजरायलका परराष्ट्र मन्त्रालयसम्बद्ध ट्रेड युनियनले आन्दोलनका कार्यक्रम कायम नै राखेर नेपाली श्रमिकको हकमा प्रवेश सहजीकरण गर्ने भएपछि रोकिएका युवा इजयारल जाने प्रक्रिया सुरु भएको हो ।

वैदेशिक रोजगार विभागका निर्देशक श्रीचन्द्र साहले साउन ८ र ९ गते सय नेपालीको उडान हुने गरी भिसा र उडान तालिका सार्वजनिक भएको जानकारी दिए ।

नेपाल र इजरायल सरकारबीच भएको श्रम सम्झौताबमोजिम इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहयोगी कामदारको रूपमा कार्य गर्न छनोट भएका १ हजार १७५ जना कामदारमध्ये करार सम्झौता सम्पन्न भई २९७ जना कामदार भने यसअघि नै इजरायल प्रस्थान गरिसकेका छन् । आजको कारोबार दैनिकमा खबर छ ।