NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

केतन क्षेत्रीको स्वरमा ‘पन्छी’ भिडियो सार्वजनिक

काठमाडौं । कलाकारिता विषयलाई उठान गरिएकोे म्युजिक भिडियो ‘पन्छी’ सार्वजनिक भएको छ । यस गीतमा गायक केतन क्षेत्रीको सुमधुर स्वर सुन्न सकिन्छ ।

उक्त भिडियोमा गीतकार रमेश लुइँटेलकोे शब्द र हेमन्त शिशिरको सङ्गीत रहेको छ । भिडियोमा दिक्पाल कार्की, दिपेश परियार, जुना कार्की, मनोज कार्की र सजिना राईको अभिनय हेर्न पाइन्छ ।

सुजन श्रेष्ठले छायाङ्कन गरेको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन् । मुनाल शिशिर कोइरालाको परिकल्पना र निर्देशनमा भिडियो तयार पारिएको हो ।

भिडियो ‘नेपाली मेलोडिज’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।