प्रचण्डको बाबुरामलाई प्रस्ताव : समाजवादी केन्द्र बनाऔं
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टीका निवर्तमान संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई नेकपा (समाजवादी केन्द्र) बनाउन प्रस्ताव गरेका छन् ।
बुधबार ललितपुरस्थित अध्यक्ष प्रचण्डका एक नातेदारको घरमा भएको भेटवार्तामा प्रचण्डले पार्टी एकताको प्रस्ताव राख्दै समाजवादी केन्द्र बनाउनुपर्नेमा जोड दिएका छन् ।
भट्टराईले छलफल गरेर अगाडि बढ्ने प्रतिक्रिया दिएको स्रोतले जनाएको छ ।
यसअघि भने भट्टराईले आफू फेरि कम्युनिस्ट पार्टीमा नफकैने बताउँदै आएका थिए ।
दुई नेताबीच यसअघि पनि भेट भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
ताजा अपडेट
-
तातोपानी नाका तीन दिनका लागि खुला
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण


प्रतिक्रिया