प्रचण्डको बाबुरामलाई प्रस्ताव : समाजवादी केन्द्र बनाऔं

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टीका निवर्तमान संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई नेकपा (समाजवादी केन्द्र) बनाउन प्रस्ताव गरेका छन् ।
बुधबार ललितपुरस्थित अध्यक्ष प्रचण्डका एक नातेदारको घरमा भएको भेटवार्तामा प्रचण्डले पार्टी एकताको प्रस्ताव राख्दै समाजवादी केन्द्र बनाउनुपर्नेमा जोड दिएका छन् ।
भट्टराईले छलफल गरेर अगाडि बढ्ने प्रतिक्रिया दिएको स्रोतले जनाएको छ ।
यसअघि भने भट्टराईले आफू फेरि कम्युनिस्ट पार्टीमा नफकैने बताउँदै आएका थिए ।
दुई नेताबीच यसअघि पनि भेट भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
ताजा अपडेट
-
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई ६ महिनाको जेल सजाय
-
राष्ट्रियसभालाई विधेयकमा दुईवर्षे कुलिङ पिरियडको व्यवस्था गर्न अनुरोध गर्ने समितिको निर्णय
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
प्रतिक्रिया