NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

वैदेशिक रोजगारीमा रहेकालाई सामाजिक सुरक्षाको दायरामा ल्याइने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने बताएका छन् ।

गैरआवासीय नेपाली सङ्घले आज यहाँ आयोजना गरेको ‘वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी तथा वैदेशिक मुद्रा निक्षेप कार्यशाला’लाई सम्बोधन गर्दै उनले नेपालले वैदेशिक रोजगारीका गएका श्रमिकलाई सामाजिक सुरक्षामा आवद्ध गराउन नयाँ व्यवस्था गरिने बताए । वैदेशिक रोजगारीबाट पठाएको रकम विलासिताका सामान आयात गर्न खर्च भएको यथार्थ प्रस्तुत गर्दै उनले विप्रेषणको सही सदुपयोग गर्ने नीति अबलम्बन गर्नुपर्नेमा जोड दिए ।

श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले वैदेशिक रोजगारीलाई भरपर्दो, मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन सरकारको तर्फबाट अधिकतम प्रयास गरिरहेको बताउनुभयो । उनले सुरक्षित वैदेशिक रोजगारीका लागि सरोकारवालाको भूमिका पनि उत्तिकै जिम्मेवार हुनुपर्ने बताए ।

आर्थिक वर्ष २०७८–७९ मा मात्रै कूल ६ लाख श्रमिक रोजगारीको खोजीमा विदेशिएको तथ्याङ्क दिँदै उनले हालसम्म ४६ लाख श्रमिकले श्रम स्वीकृति लिएको जानकारी दिए ।

 

ताजा अपडेट

नेपालवाच विशेष