दुर्घटनामा दुईको मृत्यु
मोरङ । बूढीगङ्गा गाउँपालिका–२, गङ्गाचोकमा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीका अनुसार भारतीय नम्बर प्लेटको ट्रेलरको ठक्करबाट मोरङको केराबारी गाउँपालिका–७ का २७ वर्षीय हर्क परियार र सोही स्थानका २१ वर्षीय भीमबहादुर राईको मृत्यु भएको छ ।
विराटनगरबाट इटहरीतर्फ गइरहेको भारतीय नम्बर एफआर ३८ एफ २२१० को ट्रेलर गाडीले सोही दिशातर्फ गइरहेको को ३० प ९१०३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट चालक परियार र पछाडी सवार राई घाइते भई उपचारका क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले भारतीय नम्बर प्लेटको टे«लर र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको छ ।
ताजा अपडेट
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने


प्रतिक्रिया