NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २७ गते

श्रीमानको ‘न्यूड फोटोसुट’बारे के भनिन् दीपिकाले ?

एजेन्सी । बलिउड अभिनेता रणवीर सिहं यतिबेला आफ्नो ‘न्यूड फोटोसुट’ का कारण चर्चामा छन् । उनका फ्यानदेखि बलिउड सेलिब्रेटीहरूले उनको फोटोसुटबारे प्रतिक्रिया दिइरहेका छन् । हालै उनकी पत्नी तथा अभिनेत्री दीपिका पादुकोणको पनि प्रतिक्रिया बाहिरिएको छ ।

मिडिया रिपोर्टसका अुनसार रणवीरको नग्न तस्विर देखेर दीपिका उनीबाट ‘इम्प्रेस्ड’ भएकी थिइन् । उनलाई पहिलादेखि नै यो किसिमको फोटोसुटको ‘कन्सेप्ट’ निकै राम्रो लागेको थियो।

दीपिकाले रणवीरलाई सधैं उनको काममा सपोर्ट गर्दै आएकी छिन् । रणवीरले कुनै पनि फरक किसिमको काम गर्ने निर्णय गर्दा दीपिकाले सधैं साथ दिने गरेकी छिन् ।

रणवीरले हालै पेपर म्यागजिनको लागि कपडा बिना नै फोटोसुट गराएका छन् ।

यो फोटोसुटबारे प्रतिक्रिया दिँदै उनले भने, ‘मलाई शारीरिक रुपमा नग्न हुन धेरै सजिलो लाग्छ । मेरो केही प्रस्तुतीले मलाई नांगो बनाएको छ । तपाईहरू त्यसमा मेरो आत्मालाई देख्न सक्नुहुन्छ । कति नग्न छन् ती प्रस्तुती ? म हजारौं मान्छेको अघि आफ्नो सारा लुगा फुकाल्न सक्छु । मलाई यसले केही फरक पर्दैन, तर त्यहाँ भएका मान्छेलाई भने केही असहज हुन्छ ।’