तालिबान क्रुरताको पराकाष्ठाः गोली हानी युवकको हत्या, सार्वजनिकरूपमा शव प्रदर्शन
एजेन्सी । तालिबानले बागलानको अन्दारब जिल्लामा एक युवकलाई गोली हानी हत्या गरे र त्यसपछि सार्वजनिकरूपमा जिल्लाको बजारमा उनको शव प्रदर्शन गरेका छन् ।
तालिबानले कासा तरास क्षेत्रको अन्दारबका एकजना बासिन्दालाई गत बुधबार घरबाहिर निस्कन बाध्य पारेको र त्यसपछि उनको हत्या गरेर शव सार्वजनिक प्रदर्शनमा राखेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
तालिवानको स्वेच्छाचारी हत्या बढीरहेको तथा बितेका दश महिनामा कैयौँ पूर्वसुरक्षा बल र कर्मचारीलाई मारिएका छन् ।
अफगानिस्तानमा तालिबानले सत्ता सम्हालेको दश महिनामा मानवअधिकारको अवस्थामा सुधार हुनसकेको छैन । डर, दण्डहीनता, शक्तिको स्वेच्छाचारी बल प्रयोगको वातावरणको अन्त्य, उजुरी दर्ता गर्न र शक्ति दुरुपयोगको दस्तावेजीकरण गर्न अति कठिन एवम् जोखिमपूर्ण भएको राष्ट्रसङ्घीय मिसनले बताएको छ ।
परवान, कपिसा, बाघलान, थिथर, कान्दाहार, सारीपुल, नाङ्गरहार र समङ्गनमा यातना, दुव्र्यवहार, गैरकानूनी हत्या, स्वेच्छाचारी गिरफ्तारी, नजरबन्द र जबरजस्ती विस्थापन भइरहेका बताइएको छ ।
अफगानिस्तानको अन्तरराष्ट्रिय दायित्व अनुरूप मानवअधिकार उल्लङ्घनलाई रोक्न र जवाफदेहिता सुनिश्चित गर्न राष्ट्रसङ्घीय सुरक्षा परिषद् र अन्तरराष्ट्रिय फौजदारी अदालतले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको राष्ट्रसङ्घीय मिसनले जनाएको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया