युक्रेनको डोनबास क्षेत्रमा दुई अमेरिकीको मृत्यु
काठमाडौं । युक्रेनको पूर्वी डोन्बास क्षेत्रमा दुई अमेरिकीको मृत्यु भएको अमेरिकी राज्य विभागले शनिबार बताएको छ ।
युक्रेनविरूद्ध रूसले सुरू गरेको युद्धमा महिनौँपछि आक्रमणलाई थप केन्द्रीत गरेपछि त्यहाँ झडप भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
युक्रेनले पहिलेको सैन्य प्रशिक्षणको फरक–फरक किसिमका स्वयम्सेवकहरूका लागि अन्तरराष्ट्रिय सैन्य दलमा भर्ती गरेको छ । यद्यपि, विदेश मन्त्रालयले मृतक अमेरिकीहरू लडाईंका लागि यूक्रेन पठाइएका थिए वा थिएनन् , केही उल्लेख गरेको छैन ।
अमेरिकी विदेश मन्त्रालयका एक प्रवक्ताले भने, ‘हामी युक्रेनको डोन्बास क्षेत्रमा हालै दुई अमेरिकी नागरिकको मृत्युको पुष्टि गर्न सक्छौं । हामी परिवारसित सम्पर्क राख्दैछौं र सम्भाव्य कन्सुलर सहयोग प्रदान गर्दैछौं ।’
मन्त्रालयले ‘यस कठिन समयमा परिवारहरूको दुःखमा समवेदना प्रकट गर्नुबाहेक तत्काल थप केही जानकारी दिन असमर्थ भएको बताएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेन र विदेश विभागले अमेरिकी नागरिकहरूलाई यस द्वन्द्वमा भाग लिन यूक्रेन नजान सुझाब दिएका छन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया