चाणक्यका यी नीति जसले तपाईंलाई दिलाउन सक्छ सफलता
काठमाडौं । चाणक्यको जन्म ब्राह्मण परिवारमा भएको थियो। चाणक्यलाई कौटिल्य वा विष्णुगुप्त पनि भनिन्छ। उनी मौर्य साम्राज्यका संस्थापक चन्द्रगुप्त मौर्यको शासनकालमा मन्त्री थिए। उनी एक एक महान् विचारक, अर्थशास्त्री, न्यायविद् र शाही सल्लाहकार थिए । दार्शनिक चाणक्यका शिक्षाहरू दुई पुस्तक अर्थशास्त्र र चाणक्य नीतिमा राखिएको छ। अर्थशास्त्रलाई चाणक्यको प्रशिक्षण पुस्तिका मानिन्छ, जसमार्फत उनले चन्द्रगुप्तलाई नागरिकबाट सम्राटमा रूपान्तरण गरे। उनको बुद्धिमा कसैले प्रश्न उठाउन सक्दैन। उनी योद्धा थिएनन्, तर उनले आफ्नो चलाखी र कूटनीतिले सबैभन्दा ठूलो लडाइँ जितेका थिए। आचार्य चाणक्यको चाणक्य नीतिमा भनिएका कुराहरू आजको समयमा पनि धेरै प्रभावकारी साबित हुन्छन्। तिनीहरूको नीतिहरूले तपाईंलाई जीवनमा आफ्नो लागि सही मार्ग छनौट गर्न मद्दत गर्न सक्छन् ।
जानौं, चाणक्यले आफ्नो नीतिमा जीवन सफल बनाउन बाँडेका केही सुझावहरूः–
-आफ्ना विगतका गल्तीहरूलाई पछुताउनुको सट्टा तिनीहरूबाट सिक्ने प्रयास गर्नुहोस्। विगतमा पछुताउनु भन्दा गल्तीबाट पाठ सिकेर भविष्य सुधार्नु राम्रो हो ।
– पैसाको मायामा कहिल्यै नपर्नुहोस्। यस्तो धन कुनै कामको छैन, जुन धेरै दुःख सहेर, सत्रुको चाप सहेर प्राप्त गर्न सकिन्छ। यस प्रकारको पैसाको प्रलोभनमा नपर्नुहोस्।

-यदि तपाईं गुणले भरिपूर्ण हुनुहुन्छ र योग्य हुनुहुन्छद भने कसैको अधीनमा बस्नु पर्दैन। तपाईंका गुण र योग्यता स्वतः जनतामा पुग्नेछ।
-आफ्नै गल्तीबाट सिक्नु राम्रो हो । तर कहिलेकाहीँ अरूको गल्तीबाट पनि सिक्नुपर्छ । किनभने, आफैंले गल्ती गरेर सिक्ने हो भने सारा जीवन त्यसमै व्यतीत हुनसक्छ ।
-कुनै पनि प्रकारको डरबाट नआत्तिनुहोस्। यदि डर तपाईं नजिक आयो भने त्यसबाट नभाग्नुहोस् । त्यसलाई पूर्ण साहसका साथ सामना गर्नुहोस् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया