महिला युरोकपको सेमिफाइनल समीकरण पूरा, फाइनलमा पुग्न को–को भिड्दैछन् ?
काठमाडौं । इंल्याण्डमा जारी महिला युरोपियन च्याम्पियनसिप (युरोकप)को क्वार्टरफाइनल सेमिफाइनल समीकरण पूरा भएको छ । गएराति भएको अन्तिम क्वार्टरफाइनलमा फ्रान्सले नेदरल्याण्ड्सलाई हराएसँगै अन्तिम ४ मा पुग्ने टोलीको टुंगो लागेको हो ।
फ्रान्सको जितमा इभ पेरिसेटले खेलको १०२ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरिन् । ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।
यसअघि, आयोजक इंग्ल्याण्डसँगै स्विडेन र जर्मनी पनि सेमिफाइनलमा गरिसकेका थिए ।
इंग्ल्याण्डले स्पेनलाई २–१ गोल अन्तरले हराएको हो भने स्विडेनले बेल्जियमलाई १–० ले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
अब फाइनल प्रवेशका लागि जुलाई २६ मा आयोजक इंग्ल्याण्ड र स्विडेन भिड्नेछन् ।
यस्तै, अर्को सेमिफाइनल खेल जर्मनी र फ्रान्सबीच २७ जुलाईमा हुनेछ ।
फाइनल खेल भने ३१ जुलाईमा हुनेछ ।

महिला युरोकपको क्वार्टरफाइनल समीकरण पूरा, सेमिफाइनलमा पुग्न को–को भिड्दैछन् ?
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया