NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

प्रेस युनियनमा आउन थाल्यो परिणाम, कुन पदमा को जिते ?

काठमाडौं । कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको नतिजा आउनेक्रम सुरु भएको छ । नवौं महाधिवेशनपछि विभिन्न पदमध्येको नतिजा आउन थालेको हो ।

यसै क्रममा प्रेस युनियनको लेखा समितिको परिणाम आएको छ । जसको संयोजकमा पदमराज जोशी ७१६ मत ल्याएर विजयी भएका छन् । पराजित कालिका महतको ६१५ मत आएको छ ।

सदस्यमा घनश्याम पौडेल ८७४ र गिरिराज पोख्रेल ७५७ मत ल्याएर विजयी भएका छन् । पराजित दिपकराज जोशीले ६०० र टेकेन्द्र बस्यालले २२६ मत ल्याएका छन् ।

महासचिवमा संस्थापन इतरका दिलीप पौडेल जितनजिक पुगेका छन् । अध्यक्षमा पनि इतर पक्षकै शिव लम्सालले प्रभावशाली अग्रता बनाइरहेका छन् ।