NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

उद्यमी नआउँदा औद्योगिक ग्राम अलपत्र

धनकुटा । स्थानीय कच्चा पदार्थमा आधारित उद्योग स्थापनाका लागि जग्गा अधिग्रहण गरिएको ४० वर्षपछि धनकुटाको अमलेटारमा निर्माणाधीन रहेको औद्योगिक ग्राममा निर्माण भएका २७ वटा व्यापारिक भवन उद्योग सञ्चालनका लागि उद्यमीले चासो नदेखाएपछि अलपत्र परेका छन् ।

ग्रामसम्म पुग्ने सडक र आवश्यक पूर्वाधार तयार भएको वर्षौं भइसक्दा पनि उद्योग भने सञ्चालनमा आउन नसकेका हुन् ।

धनकुटाको धनकुटा नगरपालिका–६, आत्मारामा रहेकामे अमलेटारमा औद्योगिक ग्राम बनाउन ०३९ सालमै ६० रोपनी जग्गा अधिग्रहण गरिएको थियो । त्यसयता पटकपटक गरी यस ठाउँमा सडक र भवन पूर्वाधार निर्माणका लागि १७ करोड रुपैयाँ खर्च भइसकेको छ । ५२ मध्ये २७ वटा व्यापारिक भवन तीन वर्षअघि नै तयार भइसकेका छन् भने बाँकी निर्माणाधीन छन् ।

तयार भवनमा उद्योग सञ्चालन गर्नुपर्ने भए पनि कोही नआएको घरेलु तथा साना उद्योग कार्यालय, धनकुटाका प्रमुख ईश्वर थापाले बताए, आजको कारोबार दैनिकमा खबर छ ।

ताजा अपडेट

नेपालवाच विशेष