NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

अहिलेको निर्वाचन प्रणालीले गणतन्त्र धरापमा पर्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको निर्वाचन प्रणालीले व्यवस्थालाई नै समाप्त पार्ने टिप्पणी गरेका छन् ।

नेकपाका संस्थापक नेता नरबहादुर कर्मचार्यको नवौं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचन प्रणाली परिवर्तन नगरे चुनाव लड्न नसक्ने जिकिर गरे ।

गाउँपालिकाको अध्यक्ष जित्नका लागि १० करोड खर्च गरेको मैले सुनेको छु । संघमा चुनाव लड्न अर्बौं खर्च गर्नुपर्ने देखिन्छ’, उनले भने, ‘खर्च गर्न नसक्नेले चुनाव जित्न सक्दैन । श्रमजीवी वर्गले चुनाव लड्ुन सक्दैन । सांसद नभइ मन्त्री प्रधानमन्त्री हुन सक्दैन । त्यसका लागि सर्वहारा वर्गले अर्बौं रकम खर्च गर्न सक्दैन ।’

उनले माओवादी कमजोर भए गणतन्त्र खतरामा पर्न सक्छ । माओवादी शक्ति पुनः एकजुट भएर प्राप्त उपलब्धीको रक्षा गर्नु अपरिहार्य भएको बताए ।