अहिलेको निर्वाचन प्रणालीले गणतन्त्र धरापमा पर्छ : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको निर्वाचन प्रणालीले व्यवस्थालाई नै समाप्त पार्ने टिप्पणी गरेका छन् ।
नेकपाका संस्थापक नेता नरबहादुर कर्मचार्यको नवौं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचन प्रणाली परिवर्तन नगरे चुनाव लड्न नसक्ने जिकिर गरे ।
गाउँपालिकाको अध्यक्ष जित्नका लागि १० करोड खर्च गरेको मैले सुनेको छु । संघमा चुनाव लड्न अर्बौं खर्च गर्नुपर्ने देखिन्छ’, उनले भने, ‘खर्च गर्न नसक्नेले चुनाव जित्न सक्दैन । श्रमजीवी वर्गले चुनाव लड्ुन सक्दैन । सांसद नभइ मन्त्री प्रधानमन्त्री हुन सक्दैन । त्यसका लागि सर्वहारा वर्गले अर्बौं रकम खर्च गर्न सक्दैन ।’
उनले माओवादी कमजोर भए गणतन्त्र खतरामा पर्न सक्छ । माओवादी शक्ति पुनः एकजुट भएर प्राप्त उपलब्धीको रक्षा गर्नु अपरिहार्य भएको बताए ।
ताजा अपडेट
-
तातोपानी नाका तीन दिनका लागि खुला
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण


प्रतिक्रिया