दीपक र दीपाको चलचित्र ‘छक्का पन्जा ४’ को छायांकन सुरु

काठमाडौं । दीपकराज गिरी र दीपाश्री निरौलाको चलचित्र छक्का पन्जा ४ को शुभमुहूर्त गर्दै छायांकन सुरू गरिएको छ । सोमबार भक्तपुरस्थित सूर्यविनायक मन्दिरमा उक्त चलचित्रको शुभमुहूर्त गरिएको हो ।
छक्का पन्जा ४ को शुभमुहूर्तमा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, मलिना जोशी, राज आचार्यलगायत उपस्थित थिए ।
फिल्ममा दीपक, दीपा, बेनिशा, मलिना र राजसँगै केदारप्रसाद घिमिरे माग्ने बुढा, बुद्धि तामाङ, परीक्षा लिम्बु, लुनिभा तुलाधर, सुष्मा निरौला, विकास शाह, रमेश बुढाथोकी, सुवास गजुरेल, अनुराग कुँवरलगायत कलाकारको अभिनय देख्न सकिनेछ ।
केदारप्रसाद घिमिरे र निर्मल शर्मा कार्यकारी निर्माता रहेको चलचित्रलाई नरेन्द्र मैनालीले छायांकन गर्नेछन् ।
चलचित्र दशैंको अवसर पारेर प्रदर्शन गर्ने निर्माण टिमले जनाएको छ । चलचित्रलाई हेमराज विसीले निर्देशन गर्ने छन् । छक्का पन्जाको अघिल्ला सिरिजलाई दीपाश्री निरौलाले निर्देशन गर्दै आएकी थिइन् ।
ताजा अपडेट
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
प्रतिक्रिया