दीपक र दीपाको चलचित्र ‘छक्का पन्जा ४’ को छायांकन सुरु
काठमाडौं । दीपकराज गिरी र दीपाश्री निरौलाको चलचित्र छक्का पन्जा ४ को शुभमुहूर्त गर्दै छायांकन सुरू गरिएको छ । सोमबार भक्तपुरस्थित सूर्यविनायक मन्दिरमा उक्त चलचित्रको शुभमुहूर्त गरिएको हो ।
छक्का पन्जा ४ को शुभमुहूर्तमा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, मलिना जोशी, राज आचार्यलगायत उपस्थित थिए ।
फिल्ममा दीपक, दीपा, बेनिशा, मलिना र राजसँगै केदारप्रसाद घिमिरे माग्ने बुढा, बुद्धि तामाङ, परीक्षा लिम्बु, लुनिभा तुलाधर, सुष्मा निरौला, विकास शाह, रमेश बुढाथोकी, सुवास गजुरेल, अनुराग कुँवरलगायत कलाकारको अभिनय देख्न सकिनेछ ।
केदारप्रसाद घिमिरे र निर्मल शर्मा कार्यकारी निर्माता रहेको चलचित्रलाई नरेन्द्र मैनालीले छायांकन गर्नेछन् ।
चलचित्र दशैंको अवसर पारेर प्रदर्शन गर्ने निर्माण टिमले जनाएको छ । चलचित्रलाई हेमराज विसीले निर्देशन गर्ने छन् । छक्का पन्जाको अघिल्ला सिरिजलाई दीपाश्री निरौलाले निर्देशन गर्दै आएकी थिइन् ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया