देउवा बोल्नै लाग्दा युवाले नारा लगाए : एमसिसीको मतियार मुर्दावाद
काठमाडौं । जब काठमाडौंमा आयोजित एक कार्यक्रमलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्न लागेका थिए । सोहीबेला एक युवाले कार्यक्रम भइरहेको हलभित्रै प्रदर्शन गरे ।
भीमसेन थापा स्मृति प्रतिष्ठानको कार्यक्रममा ती युवाले नेपालले संसद्बाट पारित गरेको अमेरिकी परियोजना एमसिसी र नागरिकता विधेयकको विरोध गर्दै नाराबाजी गरे ।

प्लेकार्डसमेत बोकेका ती युवाले नागरिकता विधेयक खारेज गर, एमसिसीको मतियार शेरबहादुर देउवा मुर्दावाद, राष्ट्रियताको रक्षा गरौं, स्वाधीनताको रक्षा गरौंजस्ता नारा लगाएउँदै विरोधमा उत्रिए ।
ती युवालाई तत्कालै सुरक्षाकर्मीले बाहिर निकालेका थिए । ती युवाको परिचय भने खुलेको छैन ।
ताजा अपडेट
-
तातोपानी नाका तीन दिनका लागि खुला
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण


प्रतिक्रिया