NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

देउवा बोल्नै लाग्दा युवाले नारा लगाए : एमसिसीको मतियार मुर्दावाद

काठमाडौं । जब काठमाडौंमा आयोजित एक कार्यक्रमलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्न लागेका थिए । सोहीबेला एक युवाले कार्यक्रम भइरहेको हलभित्रै प्रदर्शन गरे ।

भीमसेन थापा स्मृति प्रतिष्ठानको कार्यक्रममा ती युवाले नेपालले संसद्बाट पारित गरेको अमेरिकी परियोजना एमसिसी र नागरिकता विधेयकको विरोध गर्दै नाराबाजी गरे ।

प्लेकार्डसमेत बोकेका ती युवाले नागरिकता विधेयक खारेज गर, एमसिसीको मतियार शेरबहादुर देउवा मुर्दावाद, राष्ट्रियताको रक्षा गरौं, स्वाधीनताको रक्षा गरौंजस्ता नारा लगाएउँदै विरोधमा उत्रिए ।

ती युवालाई तत्कालै सुरक्षाकर्मीले बाहिर निकालेका थिए । ती युवाको परिचय भने खुलेको छैन ।

ताजा अपडेट

नेपालवाच विशेष