चलचित्र विकास बोर्डको अध्यक्षमा केसी नियुक्त
काठमाडौं । अन्ततः सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डमा रिक्त रहेको अध्यक्ष पदका लागि अभिनेता भुवन केसीलाई नियुक्त गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले निर्माता तथा निर्देशकसमेत रहेका केसीलाई नियुक्त गरेको हो ।
अभिनेता केसीलाई आउँदो दुई वर्षका लागि बोर्ड अध्यक्षमा नियुक्त गरिएको बोर्डनिकट स्रोतले जनाएको छ ।
दयाराम दाहालको कार्यकाल सकिएपछि रिक्त रहेको पदलाई पूर्णता दिएको हो । यसको घोषणा भने मंगलबार गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ ।
केसी बोर्डको अध्यक्ष बन्नकै लागि केही महिनाअघि कांग्रेसमा प्रवेश गरेका थिए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया