NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

आफैँ मास्क नलगाएका सभामुखले सांसदहरूलाई भने, ‘मास्क अनिवार्य लगाउनुहोस्’

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरूलाई अनिवार्य मास्क लगाउन आग्रह गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा यस्तो आग्रह गर्दै गर्दा सभामुख सामपकोटा स्वयम्ले भने मास्क लगाएका थिएनन् ।

यद्यपि, कोरोना भाइरसको संक्रमण पुनः बढ्दै गएकाले अनिवार्य मास्क प्रयोग गर्न सांसदहरूलाई आग्रह गर्न भने उनी पछि हटेनन् ।

‘कोभिड १९ को संक्रमण दर बढ्दै गइरहेको माननीय सदस्यहरूलाई बिदितै छ । तसर्थ संसदका बैठकमा उपस्थित हुँदा आवश्यक सतर्कता अपनाउन र मास्क प्रयोग गर्नुहुन म आग्रह गर्छु,’ उनले भने ।