धर्नामा बसेका राहुल गान्धीलाई प्रहरीले हिरासतमा लियो
नयाँ दिल्ली । नेशनल हेराल्ड मुद्दामा पार्टी अध्यक्ष सोनिया गान्धीलाई मुद्रा निर्मलीकरण,विदेशी मुद्रा कारोबार, कर छलिलगायत विषयमा अनुसन्धान गर्ने निकाय इन्फोर्समेन्ट डाइरेक्टोरेट (इडी) ले सोधपुछ गरेको विरोधमा धर्ना बसेका काङ्ग्रेस नेता राहुल गान्धीलाई प्रहरीले हिरासतमा लिएको छ ।
धर्नास्थल विजयचोकबाट पार्टीका सांसद, नेता तथा कार्यकर्ता राष्ट्रपति भवनतर्फ प्रस्थान गर्ने तयारी गरिरहेका बेला उनलाई हिरासतमा लिइएको हो । नेता गान्धीसहित अन्यलाई पनि नियन्त्रणमा लिएर पार्लियामेन्ट स्ट्रिटस्थित प्रहरी कार्यालयमा राखिएको छ । इडीले शक्तिको दुरूपयोग गरी विपक्षी दलकी नेत्री गान्धीलाई दुःख दिएकामा काङ्ग्रेसका कार्यकर्ताले देशव्यापीरूपमा विरोध प्रदर्शन गरिरहेका छन् ।
बढ्दो महँगो र बेरोजगारीका बारेमा संसद्मा बोल्न पाइदैन, सडकमा धर्ना बस्दा प्रहरीले गिरफ्तार गर्छ,’ प्रहरी हिरासतमा परेपछि राहुल गान्धीले भनेका छन् । पार्टीका धेरै सांसदलाई पनि गान्धीसँगै पक्राउ गरिएको छ ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया