सिद्धबाबालाई बलात्कारी भनेपछि रोशनी शाही पक्राउ

काठमाडौं । कुनैबेला पूर्वसभामुख कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाएकी रोशनी शाही पक्राउ परेकी छिन् ।
सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई ‘बलात्कारी’ भन्दै गाली गरेपछि शाहीलाई मंगलबार नेपाल प्रहरीले पक्राउ गरेको हो ।
पशुपतिमा आयोजित अतिरुद्र महायज्ञमा बलात्कारको आरोप लागेका सिद्धबाबा पनि सहभागी छन् । त्यहाँ पुगेकी शाहीले सिद्धिबाबालाई बलात्कारी भनेकी थिइन् । त्यसलगत्तै उनी पक्राउ परेकी हुन् ।
सिद्धबाबाविरुद्धको बलात्कार आरोपको मुद्दा अहिले विचाराधीन छ ।
शाहीलाई बलात्कार गरेको आरोप लागेका पूर्वसभामुख महराले भने सफाइ पाइसकेका छन् ।
ताजा अपडेट
-
स्थानीय तहको राजस्व वृद्धिका चुनौती र सम्भावना: नीति निर्माण र समन्वय अभाव प्रमुख बाधक
-
बाँदरको समस्याको विकल्पमा कागुनोखेती
-
नारायणगढ–बुटवल सडकः तेस्रो पटकको म्याद सकिन लाग्दा प्रगति ६९ प्रतिशत मात्र
-
राष्ट्रिय सभामा विनियोजन विधेयकमाथि छलफल, दर्जनभन्दा बढी मन्त्रीले जवाफ दिँदै
-
चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने
प्रतिक्रिया