अदालतबाट २३ लाख जरिवाना ठहर भएका व्यक्ति पक्राउ
काठमाडौं । नेपाल प्रहरीले उच्च अदालत पाटनबाट रु २३ लाख १४ हजार २५० जरिवाना ठहर भएका एकजनालाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उच्च अदालत पाटनले रु २३ लाख १४ हजार २५० नगद र पाँच दिन कैद सजाय ठहर गरेका कास्कीको पोखरा महानगरपालिका–१७ घर भई हाल काठमाडौंको बाफल बस्दै आएकी ४२ वर्षीय निशा गुरुङलाई आज पक्राउ गरेको हो ।
ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले पक्राउ गुरुङले कुमारी बैंक लिमिटेड दरबारमार्ग शाखाको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नहुँदानहुँदै चेक दिएर बैंकिङजन्य कसुर गरेकाले आज टोखाबाट पक्राउ गरिएको जानकारी दिए ।
अदालतले पक्राउ परेकी निशालाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम उक्त फैसला गरेको थियोे । पक्राउ परेकी निशालाई आजै फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँमा पेश गरिएको प्रवक्ता महतोले बताए ।
ताजा अपडेट
-
काठमाडौं महानगरपालिकले लोक सेवाको तयारी कक्षा निशुल्क चलाउने
-
‘विपद् व्यवस्थापन गर्न बजेट होइन इच्छाशक्ति हुनुपर्छ’
-
प्रेस स्वतन्त्रता उल्लघंनका घटना सम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक
-
परीक्षा दिएर आँउदै गरेकी विद्यार्थीमाथि आक्रमण
-
एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
प्रतिक्रिया