NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

सिसिटिभी फुटेजबाट निष्कर्षमा पुग्न सकेन छानबिन समिति, अब प्रतिवेदन लेखिने

काठमाडौं । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि बनेको संसदीय विशेष छानबिन समितिले सिसिटिभी फुटेजबाट पनि कुनै निष्कर्ष निकाल्न सकेन । समितिका सदस्यहरू मंगलबार छलफल र विश्लेषण गरे पनि रिकभर गरिएको फुटेज स्पष्ट नभएकाले निष्कर्षमा पुग्न नसकेको बताइएको छ ।

नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाका विज्ञहरूलाई समेत बोलाएर संसदीय समितिले आज छलफल गरेको थियो ।

छानबिन समितिलाई गृहको जवाफ : सिंहदरबार गेटको सिसिटिभी फुटेज मेटिइसक्यो

छलफलपछि समितिले अब म्याद थपका लागि आग्रह नगर्ने र सहमतिमै प्रतिवेदन लेख्ने निर्णय गरेको छ ।

बुधबार बिहान ११ बजे समितिको बैठक बसेर प्रतिवेदन लेख्न थालिने साथै छलफललाई पनि निरन्तरता दिइने समितिका एक सदस्यले बताए ।

गत जेठ १४ गते राति बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिहरूलाई सहभागी गराएको भन्ने आरोप लागेपछि अर्थमन्त्री शर्माले राजीनामा दिएका थिए । त्यसलाई छानबिन संसदीय विशेष समिति गठन भएको थियो ।

सिसिटिभी फुटेज प्रकरण : प्रहरी रिपोर्टको सिल खोलियो, अब विज्ञसँग परामर्श गरिने