सिसिटिभी फुटेजबाट निष्कर्षमा पुग्न सकेन छानबिन समिति, अब प्रतिवेदन लेखिने
काठमाडौं । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि बनेको संसदीय विशेष छानबिन समितिले सिसिटिभी फुटेजबाट पनि कुनै निष्कर्ष निकाल्न सकेन । समितिका सदस्यहरू मंगलबार छलफल र विश्लेषण गरे पनि रिकभर गरिएको फुटेज स्पष्ट नभएकाले निष्कर्षमा पुग्न नसकेको बताइएको छ ।
नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाका विज्ञहरूलाई समेत बोलाएर संसदीय समितिले आज छलफल गरेको थियो ।
छानबिन समितिलाई गृहको जवाफ : सिंहदरबार गेटको सिसिटिभी फुटेज मेटिइसक्यो
छलफलपछि समितिले अब म्याद थपका लागि आग्रह नगर्ने र सहमतिमै प्रतिवेदन लेख्ने निर्णय गरेको छ ।
बुधबार बिहान ११ बजे समितिको बैठक बसेर प्रतिवेदन लेख्न थालिने साथै छलफललाई पनि निरन्तरता दिइने समितिका एक सदस्यले बताए ।
गत जेठ १४ गते राति बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिहरूलाई सहभागी गराएको भन्ने आरोप लागेपछि अर्थमन्त्री शर्माले राजीनामा दिएका थिए । त्यसलाई छानबिन संसदीय विशेष समिति गठन भएको थियो ।
सिसिटिभी फुटेज प्रकरण : प्रहरी रिपोर्टको सिल खोलियो, अब विज्ञसँग परामर्श गरिने
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया