NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २६ गते

तेस्रो चरणको सोधपुछका लागि आज इडीमा उपस्थित हुँदै सोनिया

काठमाडौं (एजेन्सी) । भारतीय कांग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धी नेशनल हेराल्ड केसमा आज फेरि प्रवर्तन निर्देशनालय (इडी) मा उपस्थित हुँदैछिन् ।

तेस्रो चरणको सोधपुछका लागि गान्धीलाई इडी कार्यालयबाट बोलावट भएको बिबिसी हिन्दीले लेखेको छ ।

समाचार एजेन्सी एएनआईका अनुसार मंगलबार सोनिया गान्धीसँग करिब ६ घण्टा सोधपुछ गरिएको थियो । उनलाई करिब ५५ वटा प्रश्न सोधिएको बताइएको छ, जुन राहुल गान्धीलाई सोधिएका प्रश्नसँग मिल्दोजुल्दो थियो ।

कांग्रेसले सोनिया गान्धीको प्रश्नलाई लिएर देशभर विरोध प्रदर्शन गरिरहेको छ, जुन आज पनि जारी रहनेछ।
मंगलबार कांग्रेस सांसदहरूले संसद भवनमा रहेको गान्धीको प्रतिमा नजिकबाट दिल्लीको विजय चोकसम्म र्‍याली निकालेका थिए। र्‍यालीमा राहुल गान्धी पनि सहभागी थिए ।

यससम्बन्धमा दिल्ली पुलिसका विशेष आयुक्त एसपी हुड्डाले भने कि मंगलबारको विरोध प्रदर्शनमा ५७ सांसदहरूसहित कुल २५९ नेताहरूलाई हिरासतमा लिइएको थियो।

सो क्रममा दिल्लीको क्लारिजेस होटल नजिकै एउटा मोटरसाइकलमा आगजनी गरिएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष