NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

बुवा भुवन चलचित्र विकास बोर्डको अध्यक्ष भएपछि छोरा अनमोलले लेखे भावुक स्टाटस

काठमाडौं । अभिनेतासमेत रहेका बुवा भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्ष भएपछि अर्का अभिनेता अनमोल केसीले सामाजिक सञ्जालमा भावुक स्टाटस लेखेका छन् ।

अनमोलले आफ्ना बुवा भुवन बाटो हिड्नेमात्र नभएर बाटो बनाइदिने मानिससमेत भएको भन्दै भावुक स्टाटस लेखेका छन् । अब बुवा भुवनको भूमिका झनै गहन हुने बताउँदै अनमोलले नेपाली चलचित्रको श्रीवृद्धिमा थप योगदान रहने कुरामा आफू ढुक्क रहेको बताएका छन् ।

अनमोलले आफू बुवा भुवनकै पदचाप पछ्याएको अहिलेको स्थानमा आइपुगेको बताउन भुलेका छैनन् ।

‘बाटो हिड्ने मान्छेभन्दा पनि बाटो बनाइदिने मान्छे महान हुन्छन् । म तपाईंलगायत तपाईंका समकालीन हस्तीहरूकै पाइला पछ्याउँदै यहाँसम्म आइपुगेको छु,’ उनले फेसबुकमा लेखेका छन्, ‘आजबाट, तपाईंको भूमिका झन् गहन बनेको छ । नेपाली सिनेमाको श्रीवृद्धिमा तपाईंको थप योगदान रहने कुरामा म ढुक्क छु । यो गौरवशाली अवसर प्राप्त गर्नु भएकोमा, धेरै–धेरै बधाई तथा शुभकामना बाबा । मेरो मार्गदर्शक, मेरो प्रेरणा !’

May be an image of 3 people and people standing

अनमोलले बुवा भुवनसँगै दाजु विवेक र दिदी काजलको समेत तस्बिर फेसबुकमा राखेका छन् ।

भुवनलाई सरकारले सोमबारमात्र विकास बोर्डको अध्यक्ष नियुक्त गरेको थियो ।