कंगोमा शान्ति सेनाको शिविरमा आक्रमण हुँदा तीन जनाको मृत्यु
काठमाडाैं । कंगोमा चर्किएको द्वन्द्वका कारण तीन जना शान्ति सैनिकले ज्यान गुमाएको संयुक्त राष्ट्र संघले पुष्टि गरेको छ । आक्रमणबाट अन्य केही सैनिक घाइते भएका छन् । त्यहाँ रहेका नेपाली सैनिकहरु भने सुरक्षित रहेको जनाएको छ ।
कंगोको पूर्वी सहर बुटेम्बोमा रहेको राष्ट्र संघीय टोलीका दुई शिविरमा झडप हुँदा सैनिकहरुसहित १५ जना प्रदर्शनकारी मारिएको बताइएको छ ।
राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले शान्ति सैनिकमाथि गरिएको आक्रमण युद्ध अपराध हुन सक्ने भन्दै कंगो सरकारलाई घटनाको अनुसन्धान गर्न आग्रह गरेका छन् ।
राष्ट्र संघको शान्ति मिसन मोनुस्कोले प्रदर्शनकारीको भेषमा आएर हिंसा गरेको र राष्ट्रसङ्घका सम्पत्ति लुटपाट भएको आरोप लगाएको छ ।
ती आक्रमणकारीहरुले कंगोका प्रहरीको हतियार खोसेर गोली चलाएका थिए ।
खनिज पदार्थमा धनी कंगोको पूर्वी भागमा दशकौंदेखि सशस्त्र समूहहरू सक्रिय छन् । तिनले गर्ने हिंसात्मक गतिविधि नियन्त्रण गर्न नसकेको भन्दै कंगोमा मोनुस्कोप्रति आक्रोश व्यक्त हुँदै आएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया