NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

सिंहदरबारमै मनोमानी : १२० कर्मचारी खबरै नगरी विदामा

काठमाडौं । मुलुककै सबैभन्दा ठूलो प्रशासनिक केन्द्र सिंहदरबारमा अनुगमन हुँदा सयभन्दा बढी कर्मचारी बिना कुनै जानकारी नै विदामा बसेको पाइएको छ । त्यहाँका एक सय २० कर्मचारी कार्यालयमा जानकारी नै नगरी विदामा बसेको पाइएको हो ।

मंगलबार राष्ट्रिय सतर्कता केन्द्रको टोली सिंहदरबार पुग्दा परिसरका विभिन्न मन्त्रालय, आयोग तथा कार्यालयका अनुगमन गर्दा विभिन्न पदमा बहाल एक सय १२० जना कर्मचारी बिनासूचना अनुपस्थित रहेको पाइएको हो ।

केन्द्रका अनुसार १९ जना कर्मचारी अनुगमन गरिएको दिनभन्दा अघि बिनासूचना विदामा बसेका थिए ।

त्यस्तै, २८ कर्मचारीले कार्यालयमा सरकारी पोशाक नलगाएको केन्द्रले जनाएको छ ।

बिना कुनै सूचना नै विदा बस्ने र कार्यालय समयमा पोशाक नलगाउने कर्मचारीहरूलाई प्रचलित कानूनअनुसार कारवाही गर्न सम्बन्धित निकायमा निर्देशन दिएको केन्द्रले जनाएको छ ।