सिंहदरबारमै मनोमानी : १२० कर्मचारी खबरै नगरी विदामा
काठमाडौं । मुलुककै सबैभन्दा ठूलो प्रशासनिक केन्द्र सिंहदरबारमा अनुगमन हुँदा सयभन्दा बढी कर्मचारी बिना कुनै जानकारी नै विदामा बसेको पाइएको छ । त्यहाँका एक सय २० कर्मचारी कार्यालयमा जानकारी नै नगरी विदामा बसेको पाइएको हो ।
मंगलबार राष्ट्रिय सतर्कता केन्द्रको टोली सिंहदरबार पुग्दा परिसरका विभिन्न मन्त्रालय, आयोग तथा कार्यालयका अनुगमन गर्दा विभिन्न पदमा बहाल एक सय १२० जना कर्मचारी बिनासूचना अनुपस्थित रहेको पाइएको हो ।
केन्द्रका अनुसार १९ जना कर्मचारी अनुगमन गरिएको दिनभन्दा अघि बिनासूचना विदामा बसेका थिए ।
त्यस्तै, २८ कर्मचारीले कार्यालयमा सरकारी पोशाक नलगाएको केन्द्रले जनाएको छ ।
बिना कुनै सूचना नै विदा बस्ने र कार्यालय समयमा पोशाक नलगाउने कर्मचारीहरूलाई प्रचलित कानूनअनुसार कारवाही गर्न सम्बन्धित निकायमा निर्देशन दिएको केन्द्रले जनाएको छ ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया