काठमाडौंको फोहोर बिहीबारबाट उठ्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि फोहोर उठाउने भएको छ । महानगरपालिकाको फोहोर पछिल्लो एक सातादेखि उठ्न सकेको थिएन ।
महानगरपालिकाले एक सूचना जारी गर्दै बिहीबारबाट पूर्ववत् फोहोर उठ्ने जनाएको छ ।
एक सातादेखि फोहोर नउठ्दा काठमाडौं सडकमा फोहोर थुप्रिएर दुर्गन्ध फैलिएकाे छ । वर्षाका कारण निस्किएकाे फाेहाेरकाे लिचेडले राेगहरूकाे जाेखिम पनि बढेकाे छ ।
महानगरपालिकाले ती फोहोर आजबाट क्रमशः उठाइने जनाएको छ ।
बञ्चरेडाँडा जाने सडक स्तरोन्नति गर्नुपर्ने भएपछि स्थानीयको आग्रहमा महानगरपालिकाले एक साताअघि फोहोर उठाउन बन्द गरेको थियो । वर्षौंदेखि बञ्चरेडाँडामा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आए पनि सडकको अवस्था दयनीय छ ।
महानगरपालिकाले सडक मर्मतको काम सकिएकाले फोहोर उठाउन लागिएको जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया