NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २६ गते

बिहारको हाजीपुरमा ६ युवालाई कुटपिट गरेको भाइरल भिडियोको वास्तविकता

काठमाडौं (एजेन्सी) । बिहारको वैशाली जिल्लाको हाजीपुरको एउटा भिडियो भाइरल भइरहेको छ । यस भिडियोमा एक व्यक्तिले ६ जनालाई गाली गर्दै मोटो लौरोले कुटिरहेको देखिन्छ ।

पिटिने सबै मुस्लिम हुन् । यी सबै साधुको भेषमा छन् । तिनीहरूको साथमा गोरु छ, जसलाई घुमाएर उनीहरूले भीख माग्छन् ।

वैशालीका एसपी मनीषका अनुसार, यी सबै मानिस भारत उत्तर प्रदेशको बहराइचका हुन् । उनीहरूमाथि कुटपिटमा संलग्नविरुद्ध एफआईआर दर्ता गरिएको छ।

एसएसपी केशवकुमार चौधरीका अनुसार फिरन्ते जीवन बिताउँदै आएका उनीहरूको कुनै आपराधिक पृष्ठभूमि रहेको फेला परेको छैन ।

यो घटना २५ जुलाई बिहानको हो । हाजीपुरको कदम घाटमा रहेको श्री नारायण महादेव मन्दिरका पुजारी विन्दु महाराजले मन्दिरमा केही शंकास्पद व्यक्तिहरु बसेको बजरंग दलका वैशाली अध्यक्ष आर्यन सिंहलाई जानकारी दिएका थिए ।

भाइरल भिडियोमा आर्यन सिंहले करिम अहमद, हसन, सैयद अली, हलीम अहमद, महबूब, लुम्बोलाई कुटेको देखिन्छ। भिडियोको आधारमा वैशाली प्रहरीले आर्यन सिंहविरुद्ध सिटी प्रहरी चौकीमा एफआईआर दर्ता गरेको छ ।

यी व्यक्तिहरूसँग भेटिएको आधार कार्डका अनुसार यी व्यक्तिहरू हथमारवा, मधुवन अमवा पोखर (बहराइच उत्तर प्रदेश) का हुन्।

तीमध्ये एक मेहबुबले भने, ‘हामी बहराइच जिल्लाबाट आएका हौँ। हामी नन्दी बाशामा गोरु चढाउने गर्दथ्यौँ। हामी मुस्लिम हौँ तर हाम्रो पारिवारिक पेसा यही हो। ’

ती गोरु पिकअप भ्यानबाट गोरखपुर, बस्ती, देवरिया, छपरा, सिवान हुँदै हाजीपुरसम्म ल्याएको महबुबले बताए ।

 

ताजा अपडेट

नेपालवाच विशेष