NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २६ गते

चीन–अमेरिका तनाव : बाइडन र सीबीच वार्ता हुँदै

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ समकक्षी सी जिनपिङसँग फोन वार्ता गर्ने भएका छन्।

अमेरिकी कंग्रेसकी अध्यक्ष न्यान्सी पेलोसीको ताइवान भ्रमणको खबरले चीन क्रुद्ध बनिरहेका बेला  बाइडन र सीबीच टेलिफाेन वार्ता हुन लागेकाे हाे ।

अमेरिकी राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीका अनुसार दुई नेताको एजेण्डामा ताइवान, युक्रेन युद्ध र दुई देशबीचको आर्थिक प्रतिस्पर्धाका मुद्दा हुनेछन् ।

उसले न्यान्सी पेलोसीले ताइवानको यात्रा गरेमा अमेरिकाले कठोर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ ।

चीनको यो आक्रामक प्रतिक्रियाको अमेरिकाले आलोचना गरेको छ ।

यद्यपि, विदेश विभागले न्यान्सी पेलोसीले कुनै पनि यात्राको घोषणा नगरेको र ताइवानप्रति अमेरिकी अडानमा कुनै परिवर्तन नभएको बताएको छ।

ताजा अपडेट

नेपालवाच विशेष