फेरि पक्राउ पर्नेगरी प्रधानमन्त्रीविरुद्ध के अभिव्यक्ति दिएका थिए यी युवाले ?
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी भएको कार्यक्रममा नाराबाजी गरेका युवक फेरि पक्राउ परेका छन् । एमसिसी राष्ट्रघाती भएको, नागरिकता विधेयक राष्ट्रघाती भएको भन्दै देउवा सहभागी भएको कार्यक्रममा नाराबाजी गरेपछि पक्राउ परेका युवक छुटेका थिए ।
कमलादीको देउवा सहभागी एक कार्यक्रममा नाराबाजी गर्दैगर्दा ती युवक सुरक्षाकर्मीद्वारा समातिएका थिए । तर छुटेर प्रधानमन्त्रीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएपछि उनलाई प्रहरीले फेरि पक्राउ गरेको हो । उनी थिए अर्जुनराज पौडेल ।
पौडेलले एउटा अनलाइनलाई दिएको अन्तर्वार्ताको क्रममा प्रधानमन्त्रीलाई गोली प्रहार गर्न सक्नेसम्मको चेतावनी दिएका थिए । प्रधानमन्त्रीविरुद्ध यस्तो चेतावनी दिएपछि प्रहरीले उनलाई बुधबार राति पक्राउ गरेको हो । आफूहरू प्रधानमन्त्रीलाई सम्मान गर्न तयार रहेको तर राष्ट्रघाती काम गर्नेलाई सम्मान गर्न नसक्ने पौडेलले बताएका थिए ।
के भनेका थिए ती युवाले ?
हामी त नजिक आउन सक्छौँ भने जो पनि तपाईंको नजिक आउन सक्छ । हामी सुरक्षित छौँ, जतिसुकै राष्ट्रघात गरेपनि जनताले के नै गर्न सक्छन् भनेर मौन रहेर नबस्नुस् प्रधानमन्त्रीज्यू । आज हामी तपाईंको १० मिटर नजिक आएका छौँ । भोली एक मिटर नजिक आएर सुट पनि गर्न सक्छौँ । छातीमा गोली पनि हान्न सक्छौँ । त्यो ल्याकत अर्जुनराज पौडेलले राख्न सक्छ ।
देउवा बोल्नै लाग्दा युवाले नारा लगाए : एमसिसीको मतियार मुर्दावाद
ताजा अपडेट
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोरसँग रास्वपा सभापति लामिछानेको भेट
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ


प्रतिक्रिया