अमेरिकी सहायक विदेशमन्त्रीले भेटे प्रधानमन्त्री
काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । आज अपरान्ह बालुवाटार गएर उनले प्रधानमन्त्रीलाई भेटेका हुन् ।
सहायक विदेशमन्त्री लूसँगको भेटबारे प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत मित्रवत र सहयोगात्मक नेपाल–अमेरिका सम्बन्धबारे विचार आदानप्रादन भएको बताएका छन् ।
‘निरन्तरको विकास सहकार्य र उच्च तहको आर्थिक संलग्नताका लागि अमेरिकालाई धन्यवाद दिन चाहन्छु,’ उनले ट्विटरमा लेखेका छन् ।
लूले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि केही घण्टाअघि भेटवार्ता गरेका थिए ।
नेपालले अमेरिकी राज्य साझेदारी एसपिपी फिर्ता बोलाउने निर्णय गरेपछि भएको सहायक विदेशमन्त्रीको भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया