बाइडेन र सीले गरे साढे दुई घण्टा कुराकानी
एजेन्सी । अमेरिका जो बाइडेन र चीनका राष्ट्रपति सी जिङ पिङबीच शुक्रबार साढे दुई घण्टा कुराकानी भएको छ । भिडियो माध्यममार्फत भएको कुराकानी द्विपक्षीय सम्बन्ध र अन्तर्राष्ट्रिय विविध विषयमा केन्द्रित भएको अधिकारीहरूले जनाएका छन् ।
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले लामो कुराकानीका क्रममा केही विषयमा गहिरोसँग छलफल भएको जनाएको छ ।
बइडेनले राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि उनीहरूका बीचमा अहिलेसम्म पाँचपटक फोन तथा भिडियो कुराकानी भएको छ ।
बाइडेन अमेरिकाको उपराष्ट्रपति हुँदा उनकै निमन्त्रणामा सन् २०१५ मा सीले अमेरिका भ्रमण गरेका थिए । तर बाइडेन राष्ट्रपति भएपछि भने दुई नेताको भेट भएको छैन । पछिल्लो कुराकानीमा उनीहरूका बीचमा चाँडै नै भौतिकरुपमै भेटवार्ता गर्ने सहमतिसमेत भएको छ ।

साथै अहिलेको भिडियो कुराकानी विशेष गरेर ताइवान मामिलामा केन्द्रित भएको र एकअर्काप्रति कतिपय असहमति प्रकट गरेको जनाइएको छ ।
अमेरिककाको तल्लो सदनकी सभामुख न्यान्सी पलोसी ताइवान भ्रमणमा जान लागेको चर्चा चलेपछि अमेरिका र चीनबीच तनाव थप बढेको छ ।
अमेरिकाले ताइवानलाई महत्व दिएर गलत भूमिका खेल्न खोजेको चिनियाँ अधिकारीहरूको भनाइ छ । सभामुख पलोसीले ताइवानको भ्रमण गरेमा राम्रो नहुने चेतावनी चीनले अमेरिकालाई दिँदै आएको छ । तर अमेरिकाको विदेश मन्त्रालयले भने पलोसीले ताइवानको भ्रमण गर्ने कुनै योजना नबनाएको दाबी गरेको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया