ब्राजिलमा मङ्कीपक्सबाट पहिलो मानवीय क्षति
काठमाडौं (एजेन्सी) । ब्राजिलमा मङ्कीपक्सबाट पहिलो पटक मानवीय क्षति भएको छ ।
सरकारी अधिकारीहरूले शुक्रबार ब्राजिलमा मङ्कीपक्सबाट पहिलो व्यक्तिको मृत्यु भएको पुष्टि गरेका हुन ।
ब्राजिलको दक्षिणपूर्वी मिनाज गेराइस राज्यअन्तर्गत पर्ने बेलो होरिजोन्ट भन्ने ठाउँमा ४१ वर्षीय एक व्यक्तिको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
बिरामी भएपछि ती व्यक्तिलाई गम्भीर स्वास्थ्य अवस्था रहेको ठानेर उपचार गराइएको भएपनि उपचार सफल हुन नसकेको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।
उनलाई क्यान्सर लगायतका अन्य गम्भीर प्रकृतिका रोगले समेत चापेकाले उपचार सफल हुन नसकेको उनीहरूको भनाइ छ ।
मृत्यु भएका व्यक्तिको परिचय भने औपचारिक रुपमा सार्वजनिक गरिएको छैन । तर ती व्यक्तिलाई बेलो होरिजोन्टमा रहेको सार्वजनिक अस्पतालमा उपचार गराइएको थियो ।
मिनास गेराइस राज्यका स्वास्थ्य अधिकारीहरूले त्यस प्रदेशमा मात्रै ४४ जनामा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भइसकेको जनाएको छ । अरु १३० जनामा त्यसको शंका गरिएको पनि उनीहरूको भनाइ छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया