सपथ लिएलगत्तै पदभार सम्हाल्न सिंहदरबार पुगे अर्थमन्त्री शर्मा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले आइतबार साँझ राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् ।

गत जेठ १४ मा बजेट निर्माणताका अनाधिकृत व्यक्तिहरूलाई प्रवेश दिएको विषय बाहिरिएपछि उनले असार २२ मा अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।
त्यसपछि संसदीय विशेष समितिले १५ दिनभन्दा बढी शर्मामाथि छानबिन गरेको थियो ।
तर संसदीय समितिले उनीमाथि लागेको आरोप पुष्टि गर्न नसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई आइतबार अर्थमन्त्रीमा दोहोर्याएका हुन् ।
सपथ लिएलगत्तै शर्मा पदभार सम्हाल्न सिंहदरबारस्थित अर्थ मन्त्रालयको कार्यालयमा गएका छन् ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया