NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

सपथ लिएलगत्तै पदभार सम्हाल्न सिंहदरबार पुगे अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले आइतबार साँझ राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् ।

गत जेठ १४ मा बजेट निर्माणताका अनाधिकृत व्यक्तिहरूलाई प्रवेश दिएको विषय बाहिरिएपछि उनले असार २२ मा अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।

त्यसपछि संसदीय विशेष समितिले १५ दिनभन्दा बढी शर्मामाथि छानबिन गरेको थियो ।

तर संसदीय समितिले उनीमाथि लागेको आरोप पुष्टि गर्न नसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई आइतबार अर्थमन्त्रीमा दोहोर्याएका हुन् ।

सपथ लिएलगत्तै शर्मा पदभार सम्हाल्न सिंहदरबारस्थित अर्थ मन्त्रालयको कार्यालयमा गएका छन् ।

मन्त्रालयमा शर्माको स्वागतको तयारी, अर्थ सचिव पोखरामा !