कसले कतिपटक जितेको छ फ्रेन्च सुपर कप ?
काठमाडौं । पेरिस सेन्ट जर्मेन (पिएसजी)ले फ्रेन्च सुपर कप फुटबलको उपाधि जितेको छ ।
गएराति भएको खेलमा ८१ औँ मिनेटमा १० खेलाडीमा सीमित भएको नान्टेसलाई ४–० गोल अन्तरले हराउँदै पिएसजीले उपाधि जितेको हो ।
पिएसजीलाई जित दिलाउन नेयमारले दुई तथा लियोनल मेसी र सर्जियो रामोसले एक–एक गोल गरे ।
फ्रेन्च लिग वान र फ्रेन्च कपको विजेताले सुपर कप खेल्ने गर्छन् ।
यस जितसँगै पिएसजीले फ्रेन्च सुपर कपको उपाधि सर्वाधिक ११ पटक जित्न सफल भएको छ ।
यस्तै, हालसम्म १४ टोलीले यो उपाधि हात पार्दा लियोनले ८ पटक जितेको छ ।
यसैगरी, रेमिसले ५, मोनाकोले ४, नान्टेस, बोर्डेक्स र मार्सेईलेसमान ३ पटक उपाधि उचालेका छन् ।
एकपटक मात्रै उपाधि जित्ने टोली भने ६ वटा छन् ।
हेरौं सूची :

जर्मन सुपर कप : बायर्नले १० औँ पटक जित्दा कसले कतिपटक जितेका छन् ?
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया