काभ्रेस्थलीमा एकै परिवारका चारजना मृत भेटिए, घटना रहस्यमय
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीका एकै परिवारका चारजना मृत भेटिएका छन् ।
गोरखा घर भइ काभ्रेस्थलीको पदमसाल बस्दै आएका दिनेश पाण्डे, उनकी श्रीमती सुनीता काप्री पाण्डे, ७ वर्षका छोरा आशिक र ११ वर्षकी छोरी आशिका मृत अवस्थामा भेटिएका हुन् ।
चारजना मृत भेटिएको घरमा ‘सुसाइड नोट’ पनि भेटिएपछि घटना रहस्यमय बन्दै गएको छ ।
घटनाको प्रकृति हेर्दा दिनेशले सबैको हत्या गरेर आफूले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।
दिनेश र सुनिताबीच पारिवारिक बेमेल रहेको छिमेकीहरूले बताएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया