‘कसम’ म्युजिक भिडियो सार्वजनिक
काठमाडौं । मोडल कमल सिंह र ललना चिमरियाबीचको प्रेम र रोमान्सले भरिपूर्ण अभिनय रहेको ‘कसम’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोको छायांकन लुम्बिनी क्षेत्रभित्र गरिएको छ ।
यस गीतमा स्वर गायक साइराज खातीको र शब्द कुमार मिश्रको र सङ्गीत अम्बर तुम्बापो सुब्बाको रहेको छ । गीतमा मोहित मुनालले सङ्गीत संयोजन गरेका छन् ।
‘कसम तिम्रै माया लाग्छ’, ‘कसम तिम्रै याद आउँछ ढाँट्या होइन मैले तिम्रै माया लाग्छ’, ‘भूल्या छैन तिम्रो न्यानो माया’, ‘तिमी नै छौ दिलको दायाँबायाँ’, ‘कसम तिम्रै माया लाग्छ, कसम तिम्रै मात लाग्छ’, ‘लजालु त्यो मुहार मिठो मुस्कान, मखमली केस, गाजलु ती नयन’लगायत बोलका गीत म्युजिक भिडियोमा समावेश गरिएको छ ।
बुद्ध थापाले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् । भिडियो प्रकाश धितालको कन्सेप्ट र निर्देशनमा तयार पारिएको हो । भिडियो ’केके अक्टेभ’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया