मन्दाकिनी हाइड्रोपावरको आइपिओ बाँडफाँट हुँदै
काठमाडाैं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आइपिओ आज मंगलबार दिउँसो बाँडफाँट हुने भएको छ । बिक्रि प्रबन्धक बिओके क्यापिटलका अनुसार आइपिओ मंगलबार दिउँसो ४ बजे क्यापिटलकै कार्यलय नक्सालमा बाँडफाँट गर्न लागेको हो ।
पछिल्लो तथ्यांकअनुसार कम्पनीको आइपिओको लागि करिब १६ लाख १० हजार ९२६ जना लगानीकर्ताले आवेदन दिएका छन् । यो माग भन्दा १६.५३ गुणा बढी आवेदन हो । कम्पनीको आइपिओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर बाँडफाँट हुने बताइएको छ।
क्यापिटलले साउन ९ गतेदेखि साउन १२ गतेसम्म सर्वसाधारणलाई आइपिओ बिक्री खुला गरेको थियो ।
कम्पनीले ११ लाख ७६ हजार ७०३ कित्ता सेयर जारी गरेको थियो। जारी गरेको आइपिओमध्ये ५ प्रतिशत अर्थात् ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी १० लाख ९३ हजार ७४९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था गरेको थियो।
ताजा अपडेट
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन


प्रतिक्रिया