NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

मिश्रले दिए पाण्डेलाई जवाफ : गुरू मान्दा उल्टो भयो

काठमाडौं । विकेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले नागरिक समाजका अगुवा देवेन्द्रराज पाण्डेलाई जवाफ फर्काएका छन् ।

पहिले वैकल्पिक राजनीति भनेर अहिले राजसंस्थाको वकालत गरिरहेका मिश्रलाई पाण्डेले प्रश्न गरेका थिए, ‘समस्या नै यही हो । शुरूदेखि नै राजतन्त्र भनेर तपाईँको पार्टी आएको भए सो अधिकारबारे कसले प्रश्न उठाउथ्यो र ?’

यो प्रश्नको जवाफ दिँदै मिश्रले पहिलो : राजतन्त्रवादीबाट गणतन्त्रवादी, दोस्रो : संसद्विरोधीबाट संसद्वादी, तेस्रो : बयलगाडावादीबाट संघीयतावादी मेरा ३ ’आदर्श गुरू’ थिए भन्दै कांग्रेस, माओवादी र एमालेतिर लक्षित गरेका छन् ।

यी तीन पार्टी आफ्ना गुरू भएकाले आफूले पनि तिनै पदचाप पछ्याएर वैकल्पिक राजनीति छोडेर राजसंस्थाको वकालत गरेको मिश्रको भनाइ छ ।

मिश्रले गुरू मान्दा उल्टो भएको भन्दै घुमाउरो पारामा व्यंग्यसमेत गरेका छन् ।

‘चर्चित नागरिक अगुवा (उहाँ अरू धेरै झैँ ’अग्रगामी’ पार्टीका ’पछुवा’ नागरिक अगुवा होइन नि फेरि), देवेन्द्रराज पाण्डेले मलाई “शुरूदेखि नै राजतन्त्र भनिदिएको भए अहिले कसैले प्रश्नै गर्दैन थियो“ भनेर टिप्पणी गर्नुभएछ । कुरा त ठीकै हो तर मैले पनि गुरूहरूकै ’मार्ग परिवर्तन’ बाटो पछ्याउन खोजेको हो, ट्विटरमा दिएको प्रतिउत्तर झैँ । तर मूल्यांकन चाहिँ पूर्वाग्रही भयो कि भन्ने लागिरहेको छ,’ गुरू मान्दा उल्टो भयो शीर्षकमा मिश्रले जवाफ दिएका छन् ।

यसअघि मिश्रले ‘मेरा ३ ’आदर्श गुरू’ थिए’ शीर्षकमा ट्विट गरेका थिए । पाण्डेले त्यसैमा कमेन्ट गरेका थिए ।

‘मेरा ३ ’आदर्श गुरू’ थिए । पहिलो, राजतन्त्रवादीबाट गणतन्त्रवादी, दोस्रो, संसद्विरोधीबाट संसद्वादी, तेस्रो, बयलगाडावादीबाट संघीयतावादी,’ यस्तो थियो मिश्रको ट्विट, ‘र, ती सबै रातारात धर्मनिरपेक्षतावादी भएर ’महान् अग्रगामी’ कहलिए । मैले पनि गुरूहरूजस्तै मार्ग परिवर्तन गर्दा ’महान्’ कहलिन्छु कि भनेको, उल्टो भयो ।’

मनीषाले शेयर गरिन् पूर्वराजाको समर्थनमा मिश्रले लेखेको स्टाटस

हृदयेन्द्रलाई जन्मदिनको शुभकामना दिँदै मिश्रले भने, ‘यहाँलाई एकदिन राजाका रूपमा देख्न चाहन्छु’