नापतौलको गुणस्तर व्यवस्थापनका लागि विधेयक
काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले स्ट्यान्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयकले विश्वबजारमा जाने नेपाली सामानलाई प्रमाणीकरण गरी विश्वसनीयता बढाउन टेवा दिने बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘स्ट्यान्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै मन्त्री बडूले नापतौलका क्षेत्रमा मुलुकमा समरूपता परीक्षण, निरीक्षण र गुणस्तरीयताका लागि विधेयक आवश्यक भएको बताए । उनले नापतौलको गुणस्तर व्यवस्थापन, अन्तर्राष्ट्रियस्तरको वैज्ञानिक पद्धति र आधुनिक प्रविधिको उपयोग गर्नेगरी विधेयक ल्याइएको जानकारी दिए ।
बैठकले सो विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही साउन २२ गते आइतबार बिहान ११ बजे बस्नेछ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया