नेपाली बैंकले चीनमा जिते डेढ अर्बको मुद्दा

काठमाडौं । अन्ततः १० वर्षपछि हिमालयन बैंक तथा बैंक अफ काठमाण्डू (बिओके) ले मेलम्ची खानेपानी आयोजनामा राखेको काउन्टर ग्यारेन्टीबापतको अग्रिम भुक्तानीको मुद्दा जितेका छन् ।
लामो कानूनी लडाइँपछि मुद्दा जितेको तथा अब नेपाली बैंकले आफ्नो पैसा फिर्ता पाउने कुरामा ढुक्क भएको हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले बताए ।
‘सायद १० दिनभित्रमा जमानत रकम फिर्ता हुन्छ होला,’ राणाले भने ।
यो फैसलासँगै दुबै बैंकले काउन्टर ग्यारेन्टीबापत मेलम्ची खानेपानी आयोजनालाई भुक्तानी गरिदिएको जमानत रकम फिर्ता पाउने भएका छन् ।
अमेरिकी डलर ६६ लाख २५ हजार र १४ लाख ११ हजार ४५३ युरो (करिब १ अर्ब २ करोड रूपैयाँ) रकम बैंक अफ काठमाण्डूले फिर्ता पाउने प्रमुख कार्यकारी अधिकृत श्रवण मास्कीले जानकारी दिए, कारोबार दैनिकमा खबर छ ।
ताजा अपडेट
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
प्रतिक्रिया